×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ’  : मुख्यमन्त्री त्रिलोचन भट्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ’  : मुख्यमन्त्री त्रिलोचन भट्ट

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ व्यवस्थामा नयाँपन, नयाँ व्यवहारका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “विभिन्न चुनौतीलाई पन्छाउँदै समृद्ध नेपाल निर्माणमा जुट्नका लागि हामी आफ्नो कतव्र्यबाट कोही पनि पछाडि पर्नु हुँदैन ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उपलब्धि महसुस हुनेगरी काम गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याए ।

समारोहमा प्रदेश प्रमुख जोशीलाई नेपाली सेनाको टुकडीले सलामी दिनाका साथै विभिन्न समुदायको लोकसंस्कृति झल्किने झाँकी र नाच प्रस्तुत गरिएका थिए । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाजागाजासहित आरम्भ गरिएकोे प्रभातफेरीमा कर्मचारी, प्रहरी, नेपाली सेना, सङ्घसंस्थाका प्रतिनिधि, प्रदेश मन्त्रिपरिषद्का सदस्यलगायत सहभागी थिए । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी