सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ व्यवस्थामा नयाँपन, नयाँ व्यवहारका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “विभिन्न चुनौतीलाई पन्छाउँदै समृद्ध नेपाल निर्माणमा जुट्नका लागि हामी आफ्नो कतव्र्यबाट कोही पनि पछाडि पर्नु हुँदैन ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उपलब्धि महसुस हुनेगरी काम गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याए ।
समारोहमा प्रदेश प्रमुख जोशीलाई नेपाली सेनाको टुकडीले सलामी दिनाका साथै विभिन्न समुदायको लोकसंस्कृति झल्किने झाँकी र नाच प्रस्तुत गरिएका थिए । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाजागाजासहित आरम्भ गरिएकोे प्रभातफेरीमा कर्मचारी, प्रहरी, नेपाली सेना, सङ्घसंस्थाका प्रतिनिधि, प्रदेश मन्त्रिपरिषद्का सदस्यलगायत सहभागी थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्