- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी १४ फूलबारीका समाजसेवी कृष्ण पाण्डेले आफ्नो निजी गाडी निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नं. १४ मा एम्बुलेन्स नभएको र गर्मियाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै पाण्डेले सो घोषणा गरेका हुन् ।
पाण्डेले जेठ देखी तराईमा धेरै विषालु सर्पहरू देखा पर्ने र सर्पले टोकेमा सबै भन्दा उत्तम उपाय भनेको यथा शीघ्र अस्पताल पु¥याउनु भएकोले आफ्नो गाडी बर्खाको समयमा निःशुल्क एम्बुलेन्सको रूपमा सञ्चालन गर्ने बताएका छन् ।
उनले उक्त जानकारी आफ्नो फेसबुक मार्फत आम ओडावासीका सम्बोधन गर्दै लेखेका छन्, ‘जेठ देखी तराईमा धेरै विषालु सर्पहरू देखा पर्छन्, सर्पले टोकेमा सबै भन्दा उत्तम उपाय भनेको यथा शीघ्र अस्पताल पु¥याउनु नै हुन्छ धनगढी उपमहानगरपालिका १४ को हकमा हामी सँग अपने एम्बुलेन्स छैन । त्यसैले समयमै अस्पताल पु¥याउन नपाउँदा मानवीय क्षतिको सम्भावना बडी हुन्छ । त्यसैले मैले मेरो प्राइभेट गाडी निःशुल्क अस्पताल सम्म पु¥याउनमा उपलब्ध गराउने प्रतिबद्धता गर्दछु। भगवान् सँग प्रार्थना गर्दछु यस्तो भवितव्य कसैको घरमा नपरोस् कथम् कदाचित यस्तो भैपरि आएमा मलाई ०९१ ५०५०४४ र ९८६८४४४१५५ मा कनट्याक्ट गर्नु होला म निःशुल्क अस्पतालमा सम्म पु¥याउने व्यवस्था गर्नेछु । धन्यवाद।’
कृष्ण पाण्डे स्थानीय तह २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं १४ को वडा अध्यक्ष पदका उम्मेदवार रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्