×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीको पुर्चौंडीमा काँग्रेसका उम्मेदवार बम ३८८६ मतको साथ अग्रता कायमै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैतडीको पुर्चौंडीमा काँग्रेसका उम्मेदवार बम ३८८६ मतको साथ अग्रता कायमै

Artha Sarokar

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । बैतडीको पुर्चौंडी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दीपक बहादुर बमको अग्रता कायमै रहेको छ । उनको हालसम्म गणना भएको मत परिणाम अनुसार ३ हजार ८ सय ८६ मतका साथ अग्रस्थानमा रहन सफल भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर कुँवरले २ हजार ३ सय ७४ मतका साथ टक्कर दिइरहेका छन् । माओवादी केन्द्रका विक्रम कुँवर (प्रतीक) ले २ हजार ३ सय ४ मत ल्याई पच्छयाइरहेका छन् ।

उपमेयरमा पनि नेपाली काँग्रेसकी उम्मेदवार मीना धानुकले ३ हजार ४ सय १८ मतका साथ अग्रस्थान लिईरहेकी छिन् भने उनीलाई एमालेकी जानकी साउँदले २ हजार ७ सय ७३ मतका साथ पछ्याईरहेकी छिन् । यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार नन्दा शाहले २ हजार ३ सय ४८ मत ल्याएकी छिन् । पुर्चौंडीका ७ ओटा वडाको मत गणना सम्पन्न भएको छ भने तीन वडाको गणना गर्न बाँकी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी