×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीमदत्तमा गणना स्थगित, लालझाडीमा एमालेका राना निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भीमदत्तमा गणना स्थगित, लालझाडीमा एमालेका राना निर्वाचित

Artha Sarokar

२ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन् । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा माओवादीबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा ९एमाले०कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएका छिन् । उनीले तीन हजार ५६१ मत प्राप्त गरिन भने उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले तीन हजार ४९३ मत पाएकी छिन् । छ वडा रहेको लालझाडीमा कूल एघार हजार ३३५ मत खसेका थिए । उक्त पालिका राना थारु समुदायको बाहुल्यता भएको क्षेत्र पनि हो ।

भीमदत्तमा गणना स्थगित

कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकामा भने आइतबारदेखि मतगणना रोकिएको छ । मत गणनामा धाधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा छन् । उनीहरुले भीमदत्त –२ मा भइरहेको मतगणनामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन् ।

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुआतदेखि अग्रता लिएका छन् । त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिका लगायतका पालिकाका कांग्रेसको अग्रता छ भने बेलौरीमा माओवादी र शुक्लाफाँटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नौ पालिका रहेको जिल्लामा भीमदत्तबाहेकका पालिकामा मतगणना जारी छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी