- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज टेलिभिजनका सुदुरपश्चिम ब्युरो प्रमुख हरिश विक र कैलाली जिल्ला सम्वाददाता राजन जैगडीलाई आइतबार ज्यान मार्ने धम्की आएको हो ।
नदिजन्य पदार्थको अवैध उत्खननको विषयमा समाचार संकलनका लागी जिल्लाको घोडाघोडी नगरपालिकामा पुगेको एभिन्युज टेलिभिजनको टिममाथि दुर्ववहार गर्दै निवर्तमान अध्यक्ष हरि विष्ट सहितको समुहले ज्यान मार्ने धम्की दिएका हुन । ‘नदिजन्य पदार्थको अवैध उत्खनन् भएको छ भन्ने सुचनाका आधारमा समाचार संकलनका लागी हामी त्यहाँ पुगेका थियौं’, एभिन्युजका सुदुरपश्चिम ब्युरो प्रमुख विकले भने, ‘मदिरामा धुत भएका हाकिमसाप र निवर्तमान अध्यक्ष सहितको समूहले दुव्र्यवहार गर्दै ज्यानै मार्ने धम्की दिए ।’
‘हामीले कुनैपनि स्वार्थ नराखी तथ्यगत रिपोर्टिगं गरेका छौँ’, विकले भने, ‘सरकारी सवारी साधनमै मदिरा सेवन गरेका नगरपालिकाका कार्यालय प्रमुख दिपक कुमार आचार्य र वडा नं २ का निवर्तमान अध्यक्ष हरी विष्टले अभद्र व्यवहार गरे । त्यतिमात्र होइन अपरिचित व्यक्तिलाई फोन नम्बर दिएर ज्यानै मार्नेसम्मको धम्कि दिन लगाए ।’ समाचार संकलनका लागि कन्द्रा खोलामा पुग्दा नदि उत्खनन गरिरहेका सवारी साधन भागेपछि हामी थप सुचना संकलनका लागि नगरपालिकाको कार्यालयमै पुगेको विकले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्