- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । शुक्रबार बिहानैदेखी धनगढीका मतदान केन्द्रमा चहलपहल बढेको छ । आज नागरिकहरु विभिन्न कामलाई थाँती राखेर देशको भविष्य सुनिश्चितताका लागी मतपेटिकामा मत खसाल्न लाईनमा बसेका देखिन्छन् । यस्तै उत्साह र जोसका साथमा धनगढी उपमहानगरपालिका वडा नं १४ मा पनि मतदान कार्यक्रम सूरु भएको छ ।
चौतर्फि रुपमा चलेको कसले मार्ला बाजीको बहसमा यतिबेला उम्मेदवारहरु सहभागी भएका छन् । धनगढी उपमहानगरपालिका वडा नं १४ मा अध्यक्षका लागी नेकपा एमालेका तर्फबाट कृष्ण पाण्डे, नेपाली कांग्रेसका तर्फबाट मान बहादुर विष्ट, एकिकृत समाजवादीका तर्फबाट रामबजारी थारु, राप्रपाबाट झलक प्रसाद भुसाल र स्वतन्त्र उम्मेदवार याम लामिछाने मगरबीच प्रतिष्पर्धा हुनेछ । प्रतिष्पर्धाकैबीच सबैभन्दा बलियो उम्मेदवारका रुपमा देखिएका कृष्ण पाण्डेले आफ्नो लागी पहिलो मत आफैबाट सूरुवात गरेका छन् ।
‘यो उत्साहकाबीच मैले मेरो वडाको समृद्धिका लागी पहिलो भोट हालेको छु’, पाण्डेले भने, ‘समृद्धिसँगै यो मेरो जितको पनि पहिलो भोट हुनेछ ।’ वडाको समृद्धि चाहनेहरुले विकासको संकल्प बोकेर मैदानमा होमिएका नेकपा एमालेका सिपाहीहरुलाई आम जनताले मत दिनेमा उनले विश्वास व्यक्त गरेका छन् । मतदानका लागी उपस्थित सम्पुर्णमा शुभकामना दिँदै पाण्डेले अवको यात्रा विकासतर्फ उन्मुख गराउन समेत सबैमा आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्