धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली काँग्रेसका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका छन । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाईते भएमा छन । बुधबार राती गोदावरी नगरपालिकाको वडा नम्बर ६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उमेदवार जग्गु चौधरीको घरमै पसेर यस्तो घटना भएको हो ।
खुकुरी प्रहारबाट उमेदवारका भाई विन्तीराम चौधरी सबैभन्दा बढी घाईते भएका छन । उनको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ । उनलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ । खुकुरीको घाउ गहिरो भएकाले उनको सल्यक्रिया गरिएको पदमा अस्पतालका डाक्टर नरबहादुर मौनीले बताए ।
यस्तै उमेदारका भतिजा रविन चौधरीको पनि कान्छि औला खुकुरीले काटिएको छ । ‘हामीहरु खाना खाएर सुत्ने तयारीमा थियौं, नेपाली काँग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाह सहितका १४/१५ जना टोली आयो, उनीहरु मदिरा खाएर लठ्ठीएका थिए, एकाएक घरभीत्र पसे, जग्गु चौधर कता छ भनेर सोधे, हामीले उनलाई अधेरोमा लुकाई दियौं, अनी मलाई पहिला लठ्ठीले हान्यो, मैले लठ्ठी खोसे, त्यसपछि खुकुरीले घाँटीमा हान्न खोजेको थियो, मैले हातले छेकेपछि हात काटियो’ पदमा अस्पतालमा उपचारमा रहेका विन्तीराम चौधरीले भने ।
उनले आफुहरु जित्ने पक्का भएपछि, काँग्रेसका कायकर्ताहरु आत्तिएर आक्रमणमा उत्रीएको बताए । उमेदवार जग्गु चौधरीको छोरीको पिठ्युमा चोट लागेको छ । ‘मलाई भीत्रबाट तानेर बाहिर आँगनमा ल्याए, खुकुरीले हान्न खोजेका थिए, म भागे, अनी खुकरीको उल्टो भागले पिठ्युमा चोट लाग्यो’ लक्ष्मीले भनिन ।
बडेहा गाउँमा थारु समुदायको ठुलो बस्ती छ । उनीहरुले घर आँगनमा खाना खाएर बसिरहेको थाहा पाएपछि, काँग्रेसका कायकर्ताको टोली त्यहाँ गएको हो । घरमै पसेर आक्रमण गर्दा पनि प्रहरीले सहयोग नगरेको पिडितले बतााए । ‘प्रहरीलाई खबर गर्यौँ, पाँच मिनेटको समयमा पुग्नुपर्ने प्रहरी एक घण्टा ढिलो आयो, अहिले प्रहरी सत्ता पक्षको पक्षपोषण गरिरहेको छ’ घाईते विन्तीरामले भने ।
उमेदवारको घरमै पसेर खुकुरी प्रहार गरेपछि नेकपा एमालेका केन्द्रिय सचिव एवम सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य तथा कैलाली ईञ्चार्ज नारदमुनी राना, प्रदेश सचिव धर्मराज पाठक, मेयरका उमेदवार गोकर्ण भट्ट सहितको टोलीले घाईतेलाई अस्पतालमै पुगेर भेटेका छन । उनीहरु घाईतेको घर पनि गएका छन ।
प्रदेश ईञ्चार्ज भट्टले अहिले एमाले प्रति जनताको आकर्षण देखेर सत्ता पक्ष अत्तालिएर आक्रमणमै उत्रीरहेको बताए । ‘सत्ता पक्षले प्रहरी र प्रशासनलाई आफ्नो अनुकुल चलाई रहको छ, यस्तै गरियो भने चुनावको निश्पक्षतामा पनि प्रश्न चिन्ह उठ्छ’ उने भने ।
मंगलबार राती कैलालीकै घोडाघोडी नगरपालिकामा एमालेको तर्फबाट मेयर पदका उमेदवार ममता प्रसाद चौधरीको पनि काँग्रेस कार्यकर्ताले घर घेरेका थिए भने बाजुरामा पनि एमालेका कार्यकर्ता माथि आक्रमण भएको नेता भट्टले बताए ।
आक्रमण गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ भने गरेको छैन । इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख डिएसपी रविन्द्रराज पाण्डेले केही नामहरु पिडितले दिएको र उनीहरुको खोजी भईरहेको बताए । उता त्यही वडामा काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार जयराज फुलाराले भने त्यहाँ राती भोजभतेर भईरहेको देखेपछि रोक्न खोज्दा झडप भएको बताए । उनले, आक्रमण गर्ने ब्यक्तिहरु आफ्नो वडाका समेत नरहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्