कैलाली । नेकपा एमालेका नेता नरमुनि रानाले कांग्रेस नेतृ आरजु राणा देउवालाई मान्छेको दलाली गर्ने गरेको आरोप लगाएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले विदेश पठाइदिने भन्दै मान्छेको दलाली गर्ने काममा तल्लीन रहेको आरोप लगाएका छन् ।
आरजु राणा देउवाले हिजो मात्रै कैलालीमा एउटा वडाबाट ५–६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी थिइन् । उनले आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकटको केही कोटा प्राप्त भएको उल्लेख गरेकी थिइन् । उक्त कोटामा त्यस वडाबाट ५–६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।
राणालाई नै हराएर प्रतिनिधि सभा सदस्य भएका रानाले त्यही प्रसङ्ग उल्लेख गर्दै राणालाई मान्छे बेच्ने गरेको आरोप लगाएका हुन् । ‘धनगढीको विकासको कुरा गर्छन् कि भनेर कुरा सुन्न गाएका थिए । ‘सुदूरपश्चिममा उद्योग, कलकारखाना, आर्थिक समृद्धि र प्रगतिको कुरा गर्छन् कि भनेर सुन्न गएका थिए’, रानाले भने, ‘तर तपाइहरूका छोराहरू छोरी हरू छन् भने विदेश जान चाहान्छ भने, म विदेश पठाइदिन्छु भन्दै उहाँ मान्छे बेच्ने , मान्छेको दलाली गर्ने काममा तल्लीन हुनुहुने रहेछ ।’
रानाले राणासँग भिजन नभएको समेत आरोप लगाए । उनले भने, ‘उहाँ सँग देश बनाउने सपना रहेनछ । सुदूरपश्चिम बनाउने सपना रहिनछ । धनगढी बनाउने सपना रहिनछ । म मात्र होइन सिङ्गो सुदूरपश्चिम बासी निराश भएका छन् ।’ डडेल्धुरामा राणाले दिएको अभिव्यक्तिबारे पनि रानाले टिप्पणी गरेका थिए । राणाले डडेल्धुरमा आफ्नो घर भएको र कांग्रेसले हारेको ठाउँमा बजेट नदिने बताएकी थिइन् । ‘उहाँ डडेल्धुराको बासी हो रे । अनि कैलाली किन रोज्ने चुनावमा ?’ रानाले भने, ‘धनगढीका जनतालाई ढाँट्दै हिँड्नु भएको छ । जहाँ कांग्रेस हार्छ त्यहाँ पैसा दिन्नौ जहाँ कांग्रेस जित्छ त्यहाँ मात्रै पैसा दिन्छौँ । नेपाल सरकारको ढुकुटी राजुको प्रोपटी होइन ।’
उनले नेपाल सरकारको बजेट कुनै व्यक्तिले दिने वा नदिने भन्न नसक्ने बताए । ‘कांग्रेस जितेको भन्दा अरू ठाउँमा पैसा दिन्न भन्छिन् भने त्यहाँका जनताहरूले त्यस्ता नेताहरूलाई लखेट्नु पर्छ ।यो देश कांग्रेसको मात्रै होइन’उनले भने ‘यो देश नेपाली जनताको पनि हो ।’ गठबन्धन गरेर पनि हार्ने डरले बजेट नदिने र दिने भन्दै धम्की दिइरहेको उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट धनगढी उपमहागरपालिकाको मेयर पदका उम्मेदवार रण बहादुर चन्द, उपमेयरका उम्मेदवार कन्दकला राना, वडा नं १२ का अध्यक्ष पदका उम्मेदवार एसबि महरा लगाएतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्