×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्याउछौँ’ : नगरप्रमखु किशोरकुमार लिम्बू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्याउछौँ’ : नगरप्रमखु किशोरकुमार लिम्बू

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । दोधरा चाँदनी नगरपालिकाका नवनिर्वाचित प्रमुख किशोरकुमार लिम्बूले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्ने बताएका छन् । बैंकहरुलाई आवश्यक प्रक्रिया पूरा गरी घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन निर्देशन दिइएको जानकारी उनीले दिए ।

नगरको मुख्य समस्याको रुपमा रहेको डुवान र कटानको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरीे समस्या समाधन गरिने नगरप्रमुख लिम्बुले जोड दिए । “पटक–पटक देखापर्ने सीमा समस्या समाधानका लागि केन्द्र सरकारसँग पहलका लागि कार्य अगाडि बढाउछौँ” उनले भने, “भारतीय अधिकारीसँग समन्वय गरी सीमा विवाद समाधानका लागि प्रयत्नशील रहने छौँ ।”

शैक्षिक क्षेत्रको विकासका लागि गुणस्तीय शिक्षामा जोड दिने र नगरपालिका स्तरीय छात्राबास निर्माणसँगै नगरस्तरीय पुस्तकालय स्थापना गरिने, एक वर्षभित्रै छाडा चौपाया व्यवस्थापन गरिने र मदिरा बिक्री गरी जीविका चलाउनेलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिम दिइने नगरप्रमुख लिम्बुले बताए । नगरमा अवैधरुपमा मदिरा विक्री वितरणमा पूर्ण रोक लगाइने र काम गर्ने व्यक्तिलाई मात्रै अनुदानका कार्यक्रममा समेटिने उनीको भनाइ थियो । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी