डोटी । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उनका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार ९३७ र उनका प्रतिस्पर्धी एमालेका विष्नादेवी सिंहले दुई हजार १५४ मत प्राप्त गरेका छन् । छ वटा वडामध्ये पाँच वटामा कांग्रेस र एउटा वडामा एमाले वडाध्यक्षमा विजयी भएका छन् ।
जोरायलमा एमाले विजयी
जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बनेका दुर्गादत्त ओझाले तीन हजर ४४९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपककुमार विष्टले तीन हजार ४१२ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन ५९९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रा कुमारी साउदले तीन ५१७ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का किरण मल्लले एक हजार ६५९ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)का प्रेमा कुमारी ओलीले ८३२ मत प्राप्त गरेकी छिन् ।
यसैगरी वडा नं १ बाट वडाअध्यक्षमा एमालेका जगतबहादुर मल्ल, वडा नं २ बाट सोही पार्टीकै वीरबहादुर दर्लामी, वडा नं ३ बाट कांग्रेसका नवीन ओझा, वडा नं ४ बाट एमालेका नन्दलाल भट्ट, वडा नं ५ बाट कांग्रेसका ध्वजबहादुर देउवा तथा वडा नं ६ बाट एमालेका गणेश बोहरा विजयी भएका छन् । उक्त पालिकामा मतदाता सङ्ख्या १३ जहार ३१५ रहेकामा नौ हजार २६९ मत खसेका थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्