डोटी । नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले सो आग्रह गरेका हुन् । उनले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताए ।
उनले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गरे । पूर्वमन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गरे । त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उनले गरे ।
उनले आफ्नो गाउँठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहनसक्ने उम्मेदवार छान्न आग्रह गर्दै भने, “स्थानीय तह भनेका तपाईँहरुका घरआँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला । ” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्