कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादकपदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको हो ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६(घ) एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार मादक पदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको छ । नियम विपरीत कार्य गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।
नेपाल–भारत सीमा नाका बन्द
निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । निर्वाचनलाई मध्यनजगर गरी आजदेखि वैशाख ३० गते शुक्रबार मतदानकार्य सम्पन्न नभए सम्मका लागि जिल्ला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६(झ) एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।
सवारी साधन सञ्चालनमा रोक
निर्वाचनका दिन बिहान ५ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक विद्युत, खानेपानी ट्याङकर, नेपाल टेलिकम, एम्बुलेन्स शव बाहन, स्वास्थ्य संस्थाको गाडी, दमकललगायत सञ्चालनमा भने रोकतोक गरिएको छैन । आधिकारिक निकायबाट निर्वाचन प्रयोजनका निमित्त अनुमति लिएका सवारीसाधन बाहेकक अन्य सार्वजनिक निजी सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्