×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘३० वर्षको राजनीतिक यात्रामा कुनै दाग लाग्न दिईन, मेयर बनाउनुभयो भने निस्कलंक जिम्मेवारी पूरा गर्नेछुु’, -चन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘३० वर्षको राजनीतिक यात्रामा कुनै दाग लाग्न दिईन, मेयर बनाउनुभयो भने निस्कलंक जिम्मेवारी पूरा गर्नेछुु’, -चन्द

Artha Sarokar

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दलहरु मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् भने उनीहरुले घरदैलो अभियानमार्फत नै आफ्नो चुुनावी ऐजेण्डाहरु मतदातासम्म पुगाइरहेका छन् ।

धनगढीमा सत्तारुढ गठबन्धनले संयुुक्त उम्मेदवारी दिएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा छ । एमालेको तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदमा रणबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।  पार्टीको केन्द्रीय निर्वाचन विभागका सदस्य तथा पूर्व कैलाली जिल्ला कमिटि उपाध्यक्ष समेत रहेका चन्द झण्डै तीन दशकदेखि एमालेको राजनीतिमा सक्रिय छन् ।

को हुन् राजनीतिमा इमानदार र स्वच्छ नेताको छवि बनाएका चन्द ?

२०३६ बैशाख ५ गते बैतडीको तत्कालीन सलेना गाविस बाकोट हाल मेलौली नगरपालिका–३ बैतडीमा जन्मिएका चन्दले विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका थिए । २०५० सालमा अनेरास्ववियुुको पञ्चोदय माध्यमिक विद्यालय कमिटि सदस्य भएका चन्द २०५२ सालमा कैलाली बहुुमुुखी क्याम्पसको प्रारम्भीक कमिटि सदस्य भए ।

क्याम्पसको प्रारम्भीक कमिटिको सदस्य दुई वर्षमै उनी २०५४ सालमा बहुुमुखी क्याम्पसको अध्यक्ष भने त्यसपछि उनी क्रमशः अनेरास्ववीयुको जिल्ला कमिटि सदस्य, सचिव, अध्यक्ष हुँदै्् केन्द्रीय सदस्यका रुपमा समेत काम गरेका थिए । २०५८ सालमा चन्द पार्टीको धनगढी नगर कमिटि सदस्य हुुँदै सचिव भए भने लगत्तै उनी पार्टीको जिल्ला कमिटि सदस्य बनेका थिए ।

एमालेको सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटि सचिवमा विजयी भएका थिए । माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाएका थिए । नेकपा हुुदा नै उनी पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला कमिटि उपाध्यक्ष भएर रुपमा काम गरिरहेका थिए ।

तत्कालीन स्थानीय निकाय र जिल्ला विकास समितिमा एमालेको तर्फबाट राजनीतिक संयन्त्रमा बसेर लामो समय काम गरेको अनुुभव चन्दसँग छ । राजनीतिक संयन्त्रमा बसेका बखत कतिपय नेताहरु विवादीत भए त कतिले आर्थिक लाभ लिएर धन सम्पत्ती जोडे तर चन्द भने कहिले पनि विवादमा आएनन् न उनले आर्थिक लाभतिर ध्यान दिए । अहिलेसम्म कुनै निस्कलंकीत रहेका चन्द हाललसम्म कुनै लाभको पदमा नबसेका चन्द आँखामा राखेपनि नबिझाउने नेताका रुपमा चिनिन्छन् । खासगरी युुवा पंक्तिमाझ बढि लोकप्रिय चन्दले कैलालीमा नेकपा एमालेको राजनीतिलाई जोगाउन र सुुदृढ पार्नमा महत्वपूूर्ण भूमिका निर्वाह गरेको पूूराना नेताहरु बताउँछन् । कसैसँग पनि चर्को स्वरले नबोल्ने चन्द समूहगत निर्णयमा विश्वास गर्छन् ।

आफ्नो जीवनको करीब तीन दशक एमालेको राजनीतिमा खर्चिका उनी जनताको सेवक भएर काम गर्ने इच्छाले नै मेयरको उम्मेदवार भएको बताउँछन् । हरेक नगरबासीका समस्यासँग परिचित भएकाले चन्दले एक पटक आफूूलाई सेवाको अवसर दिएर हेर्न आग्रह गरेका छन् ।

‘मैले आफ्नो जीवनका उर्वर करीब ३० बसन्त कैलालीमा पार्टी निर्माण, संगठन विस्तारमा खर्चिएको आम अग्रज नेता गण, शुुभेच्छुुक, शुुभचिन्तकलाई जगजाहेर नै छ,’ चन्दले भने, ‘अब पार्टी मात्र नभएर बाँकी समय धनगढी बनाउन खर्चिन्छु । यहाँको व्यवस्थित विकास गरेर नमूना शहर बनाउने संकल्पमा मलाई सबैले साथ दिनुस् । म तपाईहरुको सेवक भएर काम गर्न चाहान्छुु ।’

नगरबासीको साथ पाए धनगढीको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन खाकासहित योजनाबद्ध रुपले विकास गर्न कटिबद्ध भएर लाग्ने चन्दको भनाई छ । नगरबासीको सरसल्लाह र सुुझावअनुसार आवश्यक नीति, नियम बनाउनेदेखि धनगढीलाई स्वच्छ, हराभरा नगरका रुपमा विकास गर्ने चन्दले बताए ।

‘मैले ३० वर्षको आफ्नो राजनीतिक यात्रामा कुनै दाग लाग्न दिएन । तपाईहरुले मेयर बनाउनुुभयो भने निस्कलंक यहाँहरुलाई सेवा गर्नेछुु । धनगढीको सन्तुुलित विकासका लागि काम गर्नेछु, चन्दले भने । ’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी