Skip to content
LAXMI SUNRISE BANK

५ करोडको खानेपानी ट्यांकि परिक्षणकालमै चुहिने भएपछि…

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । आर्थिक वर्ष २०७३र७४ मा निर्माण सूरु गरिएको समैजी खानेपानीको ट्यांकि परिक्षणमै चुहिएपछि स्थानीय आक्रोशित बनेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ हरिनगरमा रहेको समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समिती अन्तर्गतको उक्त ट्यांकि निर्माण सकिएको ४ वर्षपछि परिक्षण गर्दा चुहिने भेटिएको हो ।

केन्द्रिय सरकारको ५ करोड १० लाख कुल लागत रहने उक्त खानेपानी आयोजना पछिल्लो ६ वर्षदेखी निर्माणाधिन अवस्थामा छ । सो आयोजनाको भौतिक संरचना निर्माणको कार्य अन्तर्गत आर्थिक वर्ष २०७४र७५ मा ट्यांकि निर्माण गरी सम्पन्न गरिएको थियो । तर निर्माण सकिएको करिब ४ वर्षसम्मपनि परिक्षण नगरिँदा अन्तिम चरणमा ट्यांकि चुहिन थालेको स्थानीयले बताएका छन् । ‘हरिनगरवासीलाई परेको शुद्ध खानेपानीको अभावको समस्या समाधानका लागी लामो प्रयासपछि खानेपानी आयोजना निर्माण सूरु भयो’, उपभोक्ता समितीका सचिव टेक बहादुर सारु मगरले भने, ‘सम्बन्धित निकायको कमजोरीका कारण ट्यांकि निर्माण भएको ५ वर्षसम्मपनि पानी खान पाईएको छैन ।’

सुरुवाती चरणमै त्रृटि भेटिएको उक्त खानेपानी ट्यांकि हाल पुननिर्माणको चरणमा भएतापनि त्यसले दिगो रुपमा सेवा दिने कुरामा अन्यौलता रहेको स्थानीय टेक बहादुर देउवाले बताएका छन् । ‘समैजी खानेपानी आयोजना सूरुवाती चरणदेखी नै विवादित थियो’, उनले भने, ‘निर्माणमा प्रयोग भएका सामाग्रीको अवस्थाको विषयमा अनुगमन नगरी हचुवाको भरमा काम सक्ने दाउमा काम निमयनबिना काम गर्दाको परिणाम आज भोग्नुपरेको छ ।’

त्यस्तै उक्त समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शेर बहादुर बोगटीले ट्यांकि चुहिएको कुरा स्विकार गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका छन् । चुहिएको ट्यांकिको पुननिर्माणपछिको अवस्थाका विषयमा आफै अन्यौल रहेको बोगटीले आउँदो १ वर्षभित्रमा १०० धारा जडान गरी सेवा सञ्चालन गर्ने समेत बताए ।

उक्त आयोजनाको इलेक्ट्रो मेकानिकल काम सम्पन्न गरी पानी चढाएर हेर्दा ट्यांकिमा केहि लिकेज फेला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका ईन्जिनियर महिम बोहोराले स्विकारेका छन् । ‘ट्यांकी निर्माण भएपछि चुहिने समस्या एकाध ठाउँमा देखिन्छ’, उनले भने, ‘यो धेरै ठूलो समस्या होईन ।’ ‘समस्या समाधानका लागी काम सूरु भईसकेको छ र केहि दिनमै पुर्ण रुपमा समस्या समाधान हुन्छ, बोहोराले भने ।’

यता कार्यालयका सुचना अधिकारी हंशराज थापाले भने पानी चुहिएको विषयमा आफूलाई ठ्याक्कै थाहा नभएको बताउँदै यदी त्यस्तो भएको भएपनि तत्कालै समाधानका लागी पहल गर्ने बताएका छन् । सरकारको अस्पष्ट नीतिका कारण प्रत्येक वर्ष आयोजना थुपारेको थुपारै गर्ने तर वार्षीक रुपमा विनियोजन गरिने बजेट घटाएर दिने हुँदा जिल्लाभरीमै खानेपानी आयोजनाको काम सूस्त रहेको उनले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK