बाँके। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका ८ स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्रि किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।
शनिवार एक कार्यक्रमकावीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरेका थिए । यो सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको १६ औं शाखा हो । मार्टको शुभारम्भ गर्दै केन्द्रिय सदस्य अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरुलाई एउटै थलोमा आवश्यक खाद्यन्न, लत्ताकपडा लगायतका सामग्रि किनमेल गर्ने अवसर मिल्ने बताए। यस अगाडी नै सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडा, बुटबलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङ्गको घोराहीमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यबस्तु, चामल, चिनि, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अलवा महिलाहरुका लागि श्रृंगारका सामग्रिहरु, फ्रिज, बासिङ्ग मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरु मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रिहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको चाँदनी चोक पछिल्ला केहि वर्षयता व्यवसायीक केन्द्रका रुपमा विकास भइरहको छ । त्यसैले पनि यो शहकारीले यहाँ गार्डेन मार्ट सहित आफनो सदस्य सेवा काउन्ट समेत विस्तार गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्