×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तको खुद नाफा २०.५३ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थसहित अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेरुडे लघुवित्तको खुद नाफा २०.५३ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थसहित अन्य सूचकको अवस्था कस्तो ?

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेरुडे लघुवित्त चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा खुद नाफा २०.५३ प्रतिशतले बढेर १८ करोड ४८ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी १८.०२ प्रतिशतले बढेर ४७ करोड ८७ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा भने २९.५५ प्रतिशतले घटेर १७ करोड १४ लाख ७५ हजार रुपैयाँमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ३२ पैसा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: