- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा अघोषित रुपमा लोडसेडिङ्ग बढेको भन्दै प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले बुधवार विद्युत प्राधिकरण कार्यालय धनगढीको प्रवेशद्धारमै विभिन्न नारासहित प्रदर्शन गरेका हुन् ।
पछिल्लो केहिदिन यता धनगढीमा अघोषित लोटसेडिङ्गले असहिय पिडा दिएको भन्दै विरोध स्वरुप सडकमा उत्रिएको राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर संयोजक अभिषेक नाथले बताए । ‘गर्मिको मौसममा नागरिकको मर्कै नबुझि विद्युत प्राधिकरणले दिएको दुःख अव नागरिक सहने पक्षमा छैनन्’, नाथले भने, ‘इन्भटर व्यापारीसँगको साँठगाँठमा लोटसेडिङ्ग बढाएको भन्ने खबरले पनि विद्यार्थिलाई विरोध गर्न बाध्य बनाएको हो ।’
कार्यालयले विद्युत प्रवाहमा लापरवाही गरेको भन्दै विद्यार्थी सडकमा उत्रिन बाध्य बनेको राष्ट्रिय युवा संघ नेपाल सम्बद्ध रमेश पडालले बताएका छन् । ‘अहिले परिक्षाको समय चलिरहेको छ’, उनले भने, ‘यहि समयमा कार्यालयको गैरजिम्मेवार कार्य सम्पादनले हजारौँ विद्यार्थि सास्ती भोग्न बाध्य छन् ।’ त्यस्तै उनले विद्युत प्राधिकरणको लापरवाहीको खबरदारी स्वरुप आन्दोलनको पहिलो चरणमा प्रदर्शन गरेको बताउँदै समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा जाने समेत चेतावनि दिएका छन् ।
यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले अहिलेको विद्युत कटौती लोडसेडिङ्ग नभएको दाबी गरेका छन् । आन्दोलनरत पक्षसँगको छलफलमा बोल्दै मण्डलले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाबाट प्रशारण हुने १३२ केभीको सिस्टम फेल हुँदा बेलाबेलामा विद्युत जाने गरेको बताएका छन् । ‘यद्यपि गर्मिको समयमा अत्याधिक मात्रामा विद्युत खपत हुँदा ओभरलोडले गर्दा ट्रान्सफर्मर जल्ने वा फ्युज हुँदा पनि बत्ति जाने गर्छ’, उनले भने, ‘हाम्रो कार्यालयबाट प्रशारण हुने ३३ केभीको लाईनमा समस्या नहुने गरी पहल गरेका छौँ तर १३२ केभीको सिस्टममा आउने समस्यामा हामी केहि गर्न सक्दैनौँ ।’
बुधवार गरिएको विरोध प्रदर्शनमा ’’दलालहरूलाई ठाउँ छैन, कुर्सी फालेर राखिदिन्छौ, दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोटसेडीङ गर्न पाइँदैन, व्यापारी सँग साँटघाट गर्न पाइँदैन, दलालको खुट्टा भाँचिन्छ, ह्वील चियर लिएर राखिन्छ, दलाल प्रमुख मुर्दावाद, यस्तो प्रमुख चाहिँदैन, राजीनामा दिनै पर्छ । राष्ट्रिय युवासंघ नेपाल जिन्दावाद, अनेरास्वीयु जिन्दाबाद’’ लगायतका नारासहित आन्दोलन गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्