×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा नाबालिका करणीको केसमा षडयन्त्रको गन्ध, घटना भएको २४ घण्टा बित्दापनि स्वास्थ्य परिक्षणसम्म भएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कैलालीमा नाबालिका करणीको केसमा षडयन्त्रको गन्ध, घटना भएको २४ घण्टा बित्दापनि स्वास्थ्य परिक्षणसम्म भएन

Artha Sarokar

२० जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेको ८ घण्टा बित्दापनि प्रहरीले कुनै ठोस प्रक्रिया नचाल्दा षडयन्त्रको गन्ध महशुस गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ अण्डैयाकि १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने आरोपमा शुक्रबार प्रहरीले अन्दाजी २० वर्षिय अंशुल चौधरीलाई पक्राउ गरेको थियो ।

युवकलाई पक्राउ गरी शुक्रवार बिहान करिब १० बजे ईलाका प्रहरी कार्यालय मसुरिया पुगेका उनिहरु अहिलेसम्म पनि ठोस पहल नचालिंदा अन्यौलमा परेका छन् । ‘यो केसलाई मिलाउनका लागी ठुलै राजनीतिक दबाव आईरहेको छ’, समाचार स्रोतले भन्यो, ‘अहिलेसम्म न मुद्धा दर्ता भएको छ न त पिडित बालिकाको स्वास्थ्य परिक्षण नै भएको छ ।’ स्रोतका अनुसार बिहानैदेखी प्रहरीले घटनाको मुचुल्का बनाउने लगाएतका विषयमा ढिलासुस्ति गरिरहेको छ ।

गयराती बालिकालाई आरोपित चौधरीले ललाईफकाई गरी बन्द कोठामा राखेका थिए । शुक्रबार बिहान सडकमा अचेत अवस्थामा परिवारले भेटाएपछि सोधपुछ गर्दा बालिकाले आफूमाथि रातभरी जबरजस्ती करणी गरेको बताएकी थिईन । घटना घटेको झण्डै २४ घण्टा बित्न लाग्दापनि पिडित बालिकाको स्वास्थ्य परिक्षण समेत नहुनुले घटनामाथी चलखेल हुन थालेको भन्दै पिडित बालिकाको परिवारले चिन्ता व्यक्त गर्न थालेका छन् ।

‘बालिकाको अवस्था गम्भिर छ’, स्रोतले भन्यो, ‘उनि बोल्न सक्ने अवस्थामा पनि छैनिन् ।’ स्रोतका अनुसार अहिले बालिका र पक्राउ परेका युवकलाई ईलाका प्रहरी कार्यालय मालाखेती, अत्तरिया लैजाने तयारी भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी