×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुणस्तरिय शिक्षाका लागि मुक्तकमैया शिविरमा शैक्षिक सामाग्री लिएर पुग्यो अनेरास्ववियु…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुणस्तरिय शिक्षाका लागि मुक्तकमैया शिविरमा शैक्षिक सामाग्री लिएर पुग्यो अनेरास्ववियु…

Artha Sarokar

१४ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले मुक्त कमैया शिविरमा शिक्षा सामाग्री वितरण गरेको छ । मंगलबार जननेता मदन भण्डारीको ११ औं जन्मजयन्तिको अवसरमा धनगढी १ पुरानो एअरपोर्ट मा रहेको कमैया शिविरमा बालबालिकालाई सामाग्री वितरण गरिएको हो ।

‘अहिले तराईका सुगम शहरहरुमा पनि शिक्षाको अभाव खड्किरहेको छ’, प्रदेश संयोजक राईले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सहज शिक्षाको पहुँचका लागि हामिले सामाग्री वितरण गरेका हौं ।’ पार्वती आधारभुत विध्यालयमा अध्यनरत मुक्त कमैया शिविरका निम्न स्तरका बालबालिकाकाको पहिचान गरि सामाग्री हस्तान्तरण गरेको उनले बताए । राईका अनुसार बालबालिकालाई झोला, पाठ्यपुस्तक, कलम, पेन्सिल तथा कापि वितरण गरिएको हो ।

सामाग्री पाएसंगै बालबालिका खुसी देखिन्थे । अनुहारमा हर्षको चम्किलो मुस्कान दिंदै सामाग्री लिएका उनिहरुले सामाग्री वितरण गर्ने सबैलाई धन्यवाद समेत दिए । सामाग्री वितरण कार्यमा विध्यार्थी नेतासँगै अनेरास्ववियुका प्रदेश कमिटीका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी