- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले मुक्त कमैया शिविरमा शिक्षा सामाग्री वितरण गरेको छ । मंगलबार जननेता मदन भण्डारीको ११ औं जन्मजयन्तिको अवसरमा धनगढी १ पुरानो एअरपोर्ट मा रहेको कमैया शिविरमा बालबालिकालाई सामाग्री वितरण गरिएको हो ।
‘अहिले तराईका सुगम शहरहरुमा पनि शिक्षाको अभाव खड्किरहेको छ’, प्रदेश संयोजक राईले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सहज शिक्षाको पहुँचका लागि हामिले सामाग्री वितरण गरेका हौं ।’ पार्वती आधारभुत विध्यालयमा अध्यनरत मुक्त कमैया शिविरका निम्न स्तरका बालबालिकाकाको पहिचान गरि सामाग्री हस्तान्तरण गरेको उनले बताए । राईका अनुसार बालबालिकालाई झोला, पाठ्यपुस्तक, कलम, पेन्सिल तथा कापि वितरण गरिएको हो ।
सामाग्री पाएसंगै बालबालिका खुसी देखिन्थे । अनुहारमा हर्षको चम्किलो मुस्कान दिंदै सामाग्री लिएका उनिहरुले सामाग्री वितरण गर्ने सबैलाई धन्यवाद समेत दिए । सामाग्री वितरण कार्यमा विध्यार्थी नेतासँगै अनेरास्ववियुका प्रदेश कमिटीका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्