- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । जेठ २८ गते हुने उद्योग वाणिज्य संघको चुनावमा पुष्पराज कुँवर नेतृत्व प्यानलका तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश लम्सालले आफुसहित सम्पुर्ण प्यानलको जितका लागी अब १ दिन बाँकी रहेको बताएका छन् ।
चुनावी दौडाहमा रहेका लम्सालले जिल्लाको व्यवसायीक सुरक्षा र समृद्धिका लागी उम्मेदवारी दिएको बताए । ‘मसँगै मेरो प्यानलको एउटै मात्र स्वार्थ भनेको व्यवसायीक सुरक्षा हो’, उनले भने, ‘हाम्रो टिम जितको नजिक पुगेको छ ।’ त्यस्तै सम्पुर्ण व्यापारीको जितलाई सुनिश्चित गर्नको लागी आफ्नो प्यानलको उम्मेदवारी रहेको बताउँदै लम्सालले उद्योग वाणिज्य संघ र संघका सदस्यहरुलाई केन्द्रबिन्दुमा राखेर व्यवसायीक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।
नविन प्यालेट दाना उद्योग प्रा.ली का सञ्चालक समेत रहेको लम्सालले विगतका दिनमा गरेको कामको मुल्यांकन जेठ २८ गतेको चुनावमा व्यापारीहरुले गर्ने बताए । ‘मेरो इमान्दारिता, लगनशिलता र म प्रति व्यवसायीहरुको माया र विश्वास जितको आधार हो’, उनले भने, ‘हामीले देखेको सपना व्यवसायीको हित हो र व्यवसायीको हित विपरित कहिल्यै हुनेछैनौ ।’
उद्योग वाणिज्य संघको निर्वाचनपछि पनि सम्पुर्ण व्यवसायीलाई एकठाउँमा उभ्याएर व्यवसायीक सुरक्षा र समृद्धिका लागि काम गर्ने प्रण गर्दै लम्सालले आफुसहित सम्पुर्ण प्यानललाई विजयी गराउन समेत अपिल गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्