×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डुबानको जोखिम नियाल्दै वडा नम्बर १८ का अध्यक्ष रिजाल…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डुबानको जोखिम नियाल्दै वडा नम्बर १८ का अध्यक्ष रिजाल…

Artha Sarokar

१५ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । मंगलबार रातिदेखी परेको वर्षाका कारण भएको डुबानको अवस्था अनुगमन गर्न धनगढी १८ का अध्यक्ष भुवन रिजाल र समाजसेवी कृष्ण पाण्डे डुबान क्षेत्रमा पुगेका छन् ।

वडाभित्र भएका डुबान क्षेत्रको स्थलगत निरिक्षण गर्नुका साथै अध्यक्ष रिजाल र पाण्डे उद्धार कार्यमा समेत संलग्न भएका छन् । ‘अव्यवस्थित नालाका कारण डुबानको समस्या बढी देखिएको छ’, अध्यक्ष रिजालले भने, ‘हामी फिल्डमै छौँ सकेसम्म क्षति रोक्नेमा हाम्रो जोड हुनेछ ।’ यस्तै डुबान क्षेत्रमै रहेका पाण्डेले निरिक्षणसँगै पानी निकासाका लागि समेत पहल गरिरहेको बताएका छन् । ‘डुबान भएका अधिकांश क्षेत्रमा पानी निकासा गरिसकेका छौँ’, उनले भने, ‘बाँकी क्षेत्रको अनुगमन प्रश्चात अवस्था अनुसार तयारी गर्छौँ ।’

मंगलबार भएको वर्षाका कारण धनगढी १८ को एफ गाउँ, २५ घर, ई गाउँ लगाएतका ठाउँमा डुबानको समस्या देखिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले पनि केही दिन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना देखाएकाले सर्तक रहन समेत अध्यक्ष रिजालले आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी