×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै, अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै, अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सुदूरपश्चिम । धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएका थिए । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएका थिए । उक्त अभियानका अभियन्ता शाहीलाई नै सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अभियानका क्रममा देशकै सर्वाधिक धनराशि पुरस्कारको धनगढी प्रिमियर लिग(डिपिएल)क्रिकेट प्रतियोगिता सञ्चालन गरिएका थिए भने फाप्लाको पहिचानदेखि जग्गा प्राप्तिसम्मको पहलसमेत गरिएका थिए । नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रुपमा धनगढी प्रिमियर लिग(डिपिएल)को आयोजना शाहीले फाप्लामै आयोजना गरिएपछि यसले खेलक्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएका थिए । ‘‘ड्रिम फाप्लामा पुग्ने सिँढी नै डिपिएल थियो’’ डिपिएलका आयोजकसमेत रहनुभएका शाहीले भने, “हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, अब यो अभियान सफलतामा पुग्ने निश्चित भएको छ ।” मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकूद मन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा नियुक्त गरेका थिए ।

सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेका थिए । सोही आदेश बमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिएको हो । विकास समिति आदेशमा रङ्गशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति नौ सदस्यीय हुने व्यवस्था गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिका(३ मोहना नदीको किनारमा अवस्थित फाप्ला मैदान झण्डै ३८ बिघा क्षेमा फैलिएको छ । विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्ंगशालासहित विभिन्न खेलका पूर्वाधार निर्माणको जिम्मेवारी दिइएको छ ।

खेल क्षेत्रको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका चासो र पहलको फलस्वरुप फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यले गति लिएको हो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा आरजु देउवा राणाले सुदूरपश्चिमको मुहार फेरिदिने जनाउँदै यस आयोजनाप्रति चासो दिई प्राथमिकतामा राख्नु भएकाले फाप्लाको निर्माण कार्यअघि बढेको अध्यक्ष शाहीले बताए । विकास समितिको गठनसँगै अब रङ्गशाला निर्माणको काम अघि बढ्ने जनाइएको छ । गठन आदेशानुसार पहिलो बैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्षगरी दुई पटकसम्म पदावधि थप गर्नसक्ने आदेशमा उल्लेख गरिएको छ ।

समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्नेलगायतको काम गर्नेछ ।

यस्तै शाहीको अध्यक्षतामा बनेको नौ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगर र कृष्णपुर नगरका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ । यसबाहेक प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन ईकाइ कैलालीका प्रमुख, उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष, खेलकूद क्षेत्रमा योगदान पुर्याएका महिलामध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना सदस्य रहने व्यवस्था छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी