Skip to content
LAXMI SUNRISE BANK

धनगढीको गायत्री राईस मिलमा आगलागी, सबै अन्न जलेर नष्ट

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा रहेको गायत्री राईस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहिवार बिहान साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट मिलमा भएको सम्पुर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् । खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए । ‘स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिईएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।’

आगालागीबाट भने कुनै मानविय क्षति भएको छैन । यता आगलागी भएर पटक पटक सम्पर्क गर्दापनि धनगढी उपमहानगरपालिकाको दमलक आउन ढिलासुस्ती गरेको स्थानीयको भनाई रहको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK