×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीको गायत्री राईस मिलमा आगलागी, सबै अन्न जलेर नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढीको गायत्री राईस मिलमा आगलागी, सबै अन्न जलेर नष्ट

Artha Sarokar

१९ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा रहेको गायत्री राईस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहिवार बिहान साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट मिलमा भएको सम्पुर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् । खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए । ‘स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिईएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।’

आगालागीबाट भने कुनै मानविय क्षति भएको छैन । यता आगलागी भएर पटक पटक सम्पर्क गर्दापनि धनगढी उपमहानगरपालिकाको दमलक आउन ढिलासुस्ती गरेको स्थानीयको भनाई रहको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी