×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीको पहिचान क्रिकेट, खेललाई व्यवसायिकरण गर्नुपर्नेमा जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढीको पहिचान क्रिकेट, खेललाई व्यवसायिकरण गर्नुपर्नेमा जोड

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेशको राजधानी धनगढी सहरको पहिचान क्रिकेट खेल बन्न थालेको छ । क्रिकेटका गतिविधि बढेसँगै देखिएको क्रिकेटको ‘क्रेज’ले क्रिकेटका नयाँ खेलाडी जन्मिन थालेका छन् । खेलप्रति यहाँका हजारौँको आकर्षण बढ्दा धनगढी क्रिकेटको सहरका रुपमा चिनिनँ थालेको बताइन्छ ।

सुदूरपश्चिम प्रदेशले क्रिकेटका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलिप नाथलगायतका क्रिकेट खेलाडी सुदूरपश्चिमकै हुन् । ‘अण्डर १९‘ टिममा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायतका खेलाडी यसै प्रदेशका हुन् । क्रिकेटप्रति बढेको आकर्षणले प्रतियोगिताको गतिलाई कोभिडले दुई वर्ष रोकिएका थिए ।

कोभिड समस्या न्यून भएसँगै पछिल्ला महिनामा यहाँ पुनःक्रिकेट प्रतियोगिता भइरहेका छन् । कतिपय विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यस खेलका लागि शिक्षक नियुक्तसमेत गरिएको छ । विद्यालयमासमेत यसम्बिन्धी शिक्षणको व्यवस्था हुँदा धनगढी क्रिकेटको व्यवसायिक थलो बन्ने सम्भावना बढेको स्थानीय अमर जोशीको भनाइ छ । क्रिकेटको विकास र विस्तारका लागि धनगढी र खासगरी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रिकेट एकेडमीसमेत सञ्चालनमा ल्याइएको छ । यस खेललाई व्यवसायिकरण गर्नुपर्ने क्रिकेट खेलप्रेमीको भनाइ छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी