Skip to content
LAXMI SUNRISE BANK

नेपाली भूमिमा भारतीय एसएसबीको मनपरी, लालपुर्जा भएको आफ्नै जमिनपनि जोत्नबाट रोक…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कञ्चनपुर । कञ्चनपुरको सीमा विवाद पुनः बल्झिएको छ । बुधबार जिल्लाको बैलौरी नगरपालिका १० सडकघाटमा आफ्नै जमिन जोत्न भारतीय एसएसबीले रोक लगाएपछि विवाद बल्झिएको हो ।

लालपुर्जा भएको आफ्नै खेत जोत्नका लागी ट्याक्टर लिएर सडकघाट पुगेका बेलौरी वडा नम्बर १० का निवर्तमान अध्यक्ष हरिलाल चौधरीलाई फर्र्काएको थियो । ‘उनिहरुले गुगलमा नक्सा हेरेर यो जमिन भारतमा पर्छ भन्दै मलाई फर्काए’, उनले भने, ‘मसँग जमिनको लालपुर्जा छ, कर पनि तिरेको छु ।’ भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले लालपुर्जा भएको जमिन जोत्न नदिएपछि चौधरीले आफ्नो जमिन भारतमा कसरी पर्यो भन्ने प्रश्नका साथमा फर्कन बाध्य भएको बताएका छन् ।

यता वडा नम्बर १० का अध्यक्ष सोमलाल चौधरीले भने सीमा विवादका विषयमा नेपाली प्रशासन बेखबर बनेको आरोप लगाएका छन् । ‘जसरी नेपालको भूमिमा भारतीय एसएसबीले दैनिक मनपरी गरिरहेका छन् त्यसरी नै नेपाली प्रशासनले पनि चासो दिएको भए यसरी किसान मर्कामा पर्ने थिएनन्’, उनले थपे, ‘सेटलाईटका भरमा उनिहरुले हस्तक्षेप गर्दा त्यही कुराको अवलम्बन गर्न हामी पछाडी छौँ ।’ त्यस्तै चौधरीले उक्त क्षेत्रको सीमा विवाद टुंगो लगाउन प्रशासनको ध्यानाकर्षण गराउने समेत बताएका छन् ।

सडकघाट क्षेत्रको सीमा विवाद पुरानै हो । स्ट्रिप नक्सा बनाउँदा प्राविधिकहरुले गडबड गरेकोले यहाँ विवाद भइरहन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK