Skip to content
LAXMI SUNRISE BANK

‘प्रदेशका गाउँ उज्यालो बनाउँ’ अभियानका लागि सुदूरपश्चिम प्रदेश सरकारले ७ करोड छुट्यायो

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रदेशका गाउँ उज्यालो बनाउँ अभियान सञ्चालनका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । बुधबार प्रदेशको बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मन्त्री प्रकाश बहादुर रावलले सो आयोजनाका लागि ७ करोड बजेट छुट्याएको बताएका छन् ।

आयोजनमा बाजुराको हिमाली गाउँपालिका, बझागंको साईपाल गाउँपालिका र दार्चुलाको व्यास गाउँपालिका मुख्य प्राथामिकतामा रहेको अर्थमन्त्री रावलले बताए । ‘राष्ट्रिय प्रशारण लाईनमा अबद्ध हुन नसकेका स्थानमा सौर्य मिनिग्रेट आयोजना सञ्चालन गरिनेछ’, उनले भने, ‘समग्र आयोजनाबाट २२५ किलोवाट विद्युत उत्पादन गरिनेछ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK