×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट प्रस्तुत गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, बढ्ने भयो बजेटको आकार…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बजेट प्रस्तुत गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, बढ्ने भयो बजेटको आकार…

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने भएको छ । दिउँसो साढे ४ बजेका लागि बोलाइएको बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्नेछन् ।

आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरिने बजेट गतवर्षको भन्दा करिब २०–२५ प्रतिशत बढी हुनेछ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो । संघीय सरकारबाट प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढेर आएपछि बजेटको आकार बढेर आउन लागेको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

करिब ३६ अर्बदेखि ३७ अर्ब आकारको बजेट आउने सचिव बस्नेतको भनाइ छ । यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हो । प्रदेश सरकारले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजेटमा उत्पादकत्व वृद्धि गर्न कृषि, उद्योग, पर्यटनलाई जोड दिनुका साथै पूर्वाधार विकासका योजना र सामाजिक विकास मुख्य प्राथामिकतामा रहनेछन् । प्राकृतिक प्रकोपको क्षति र सम्भावनालाई पनि मध्यनजर गर्दै बजेट तयार पारिएको बस्नेतको भनाई छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी