×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा विद्युतीय भुक्तानी सेवा सुरु, चेक लिनुपर्ने बाध्यताको अन्त्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैतडीमा विद्युतीय भुक्तानी सेवा सुरु, चेक लिनुपर्ने बाध्यताको अन्त्य

Artha Sarokar

८ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु भएको छ । ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए ।

यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तहसमेत दशरथचन्द बनेको छ । उनले भने,“ विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि अब सेवाग्राहीलाई समेत सजिलो हुन्छ । चेकमार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब त्यसो हुने छैन् ।” अब नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधैँ भुक्तानी लिनेको खातामा जम्मा हुने जनाइएको छ । महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा दशरथचन्दले असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो ।

सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने विषयमा कोष तथा लेखानियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखापाललाई तीन दिने तालिमसमेत दिएका थिए । विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको लेखा अधिकृत उद्धवदेव भट्टले बताए ।
उनले भने,“विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीले सेवा सहजताका साथै सुशासन कायम गर्न सहयोग मिल्छ । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ । ”

विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने दशरथचन्द नगरपालिका प्रमुख पुस्करराज जोशीले बताए । छिटोछरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सुत्रको महत्वपूर्ण योगदान रहेको जोशीको भनाइ छ । उनले भने,“सुत्र प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्नेछ । चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिनेछ । ” –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी