×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भवन निर्माणमा त्रिपक्षिय सम्झौताः ३० लाखको लगानीमा बन्ने भयो कराँते प्रशिक्षण हल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भवन निर्माणमा त्रिपक्षिय सम्झौताः ३० लाखको लगानीमा बन्ने भयो कराँते प्रशिक्षण हल

Artha Sarokar

४ असार २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । धनगढी रंगशाला (कवर्ड हल) मा निर्माण हुने भनिएको सितोरियो कराँते प्रशिक्षण हलको विवाद टुंगिएको छ । शुक्रबार क्रिकेट संघ, ह्याण्डबल र जिल्ला खेलकुद विकास समिति कैलालीबीच सहमति भएसँगै विवाद टुंगिएको हो ।

आखिर के थियो विवाद ?
जेठ ३१ गते धनगढी रंगशाला (कवर्ड हल)को गुरु योजनामा प्रभाव नपर्ने गरी राष्ट्रिय खेलकुद परिषद्ले सितोरियो करांते प्रशिक्षण हल निर्माणका लागि स्विकृति दियो । मास्टरप्लान नबिग्रिने गरि खानेपानी ट्याकीं निर्माण हुने स्थानबाट उत्तर, ह्याण्डबल कोर्ट देखी पश्चिम र सडकदेखी ३ मिटरको क्षेत्रभित्र हल निर्माणका लागि स्विकृति पाएसँगै सो अनुसार जिल्ला खेलकुद विकास समितिले भवन निर्माणका लागि पहल गर्यो । तर उक्त क्षेत्रमा तत्काल क्रिकेट प्रशिक्षण भईरहेको भन्दै क्रिकेट संघले भवन निर्माणमा विरोध जनाएको थियो । ह्याण्डबलको कोर्ट प्रयोग गर्दै आएको क्रिकेट संघले भवन निर्माणमा अवरोध जनाएपछि विवाद चर्किएको थियो ।

हल निर्माणका लागि त्रिपक्षिय सम्झौताः
३० लाखको बजेटमा निर्माण हुने सितोरियो करांते प्रशिक्षण हलको विवाद समाधानका लागि त्रिपक्षिय सम्झौता भएको छ । शुक्रबार एक निर्णय गर्दै जिल्ला खेलकुद विकास समिति, क्रिकेट संघ र ह्याण्डबल संघबीच सहमति भएको हो । राखेपको स्किृति अनुसार करांते प्रशिक्षण हल निर्माणमा क्रिकेटकका ७७ जना खेलाडीको अवरोधलाई समाधान गर्दै हल निर्माण गर्ने र हाल क्रिकेट प्रशिक्षण भईरहेको पुरानो पिचलाई अन्यत्रै व्यवस्थापन गर्नेभनि तीनै पक्षबीच सहमति भएको हो । सहमतिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, ह्याण्डबल संघ कैलालीका अध्यक्ष कुवेरजित साउँद, क्रिकेट संघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष हरि रेग्मी र कैलालीका अध्यक्ष बिक्रम विष्ट लगाएतले हस्ताक्षर गरेका छन् ।

योसँगै भवन निर्माणका लागि जिल्ला खेलकुद विकास समिती कैलाली र सामाजिक विकास कार्यालय कैलालीबिच सम्झौता भईसकेको छ । ३० लाखमा निर्माण हुने उक्त संरचनामा करांतेका पुर्व कोच तथा विभिन्न निकायबाट सहयोग प्राप्त गरि अनुमानित ४० लाखको लागत रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रिले बताएका छन् । करांते प्रशिक्षण हल निर्माण भएसँगै खेलाडीका लागि ठूलो राहत हुने खत्रीको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी