×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लिप’को पेटीमा सिल लगाएको खाली बोत्तल, कम्पनि भन्छ -‘चुहिएको हुनुपर्छ…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘लिप’को पेटीमा सिल लगाएको खाली बोत्तल, कम्पनि भन्छ -‘चुहिएको हुनुपर्छ…’

Artha Sarokar

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीको एक होटलमा लिप वाटरको पेटीमा खाली बोत्तल भेटिएको छ । खुद्रामा प्रति पेटी १७० रुपैँया पर्ने उक्त पानीको पेटीमा एउटा सिलप्याक तर खाली बोत्तल भेटिएको हो ।

‘कम्पनिबाट खरिद गर्दा प्रति बोत्तल १४ रुपैँयाका दरले पानी खरिद गर्नुपर्छ’, होटल सञ्चालकले भने, ‘नियमित पानी राख्छौँ तर डिस्काउन्ट मिल्दैन ।’ पानीको पेटीमा खाली बोत्तर परेको उनका लागी यो पहिलो घटना हो ।

यस्तो देखेपछि हामीले सामान्य जानकारीका लागी कम्पनिमा सम्पर्क गर्यौं । उक्त विषयमा बोल्दै कम्पनिका म्यानेजर टेकेन्द्र सिंह कुन्जेडाले बोत्तलमा छिद्र वा लिकेज भएका कारण यस्तो हुनसक्ने बताए । ‘बोत्तलको पानी तीन चरणमा गरि फाईलन गरिन्छ’, उनले भने, ‘हातले पानी भरिने भए छुट्यो भन्न सकिन्थ्यो तर यो मेसिनले भर्नेहुँदा छुट्ने सम्भावना हुँदैन ।’ ‘बोत्तलमा आँखाले देख्न नसकिने छिद्र भएका कारण भर्नेबेलमा थाहा नहुने तर पछि बिस्तारै घटेपछि बोत्तल खाली देखिने हो’, कुन्जेडाले भने ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी