रामपुर (पाल्पा) । समाजमा हुने लैङ्गिक हिंसा रोक्न महिला जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । लैङ्गिक हिंसा बढ्नुका कारण पहिचान गरी निराकरण गर्ने पाल्पा तानसेन नगरपालिकाका महिला जनप्रतिनिधिले अठोट गरेका छन् । गाउँघरमा मादक पदार्थ सेवन तथा लागुऔषध सेवनका कारण हिंसाजन्य घटना बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनमा गरेको ‘लैङ्गिक हिंसा तथा लागुऔषध नियन्त्रण विषयक’ अन्तक्र्रिया कार्यक्रममा टोलटोलमा गएर मादक पदार्थ सेवन तथा नियन्त्रणका लागि जनचेतना जगाउने, कानुनी कुराका बारेमा सचेतना फैलाउने, हिंसाका घटनाका बारेमा प्रहरी, प्रशासनमा जानकारी गराउने यहाँका महिला जनप्रतिनिधिले बताएका छन् । नगरका १४ वटा वडामा हिंसाजन्य कार्यविरुद्ध सक्रिय भएर लाग्ने उनीहरुले बताएका छन् ।
महिला हिंसा, लैङ्गिक हिंसा नियन्त्रण तथा रोकथामका लागि नवनिर्वाचित महिला जनप्रतिनिधि र पाल्पाका १० वटै पालिकाका सामाजिक शाखाका प्रमुख तथा प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले छलफल अन्तक्र्रिया गराएको हो । घरेलु रक्सी, जाँड जस्ता मादक पदार्थ सेवनका कारण महिला हिंसाका घटना हुने गरेकाले गाउँ, सहरमा लुकिछिपी हुने घरेलु मदिराको उत्पादन, बेचबिखन तथा ओसारपसारमा महिला जनप्रतिनिधि चनाखो हुनुपर्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
“लैङ्गिक हिंसा समाजमा बढ्दै गएको छ, घरेलु मदिरा उत्पादन, बेचबिखन, ओसारपसार जस्ता गतिविधि नियन्त्रण गर्नसके महिला हिंसा ९० प्रतिशतले घट्नेछ”, उनले भने । लैङ्गिक हिंसाअन्तर्गत ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषपीडित भएको उजुरी पर्ने गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, घरधन्दादेखि कार्यालयका काम, बिहानदेखि साँझसम्मका काम महिलाहरुले गर्नुपर्ने, हिंसामा पनि महिला परेको अवस्थामा जनप्रतिनिधिले यस्ता विषयमा जानकारी लिई नियन्त्रणको अभियान चलाउनुपर्ने बताउँछन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्