- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटमा वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड ७० लाख बजेट विनियोजन गरिएको छ । बुधबार प्रदेश सरकारको बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मन्त्री प्रकाश बहादुर रावलले आगामी वर्षको बजेटमा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरिएको बताएका छन् ।
नेपाल सरकारको सशर्त अनुदानमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उक्त हुलाकी बाईपास सडकको विकासमा बजेट विनियोजन गरेको हो । त्यस्तै तराई मधेश सडक पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाका हुलाकी सडकदेखी पुर्वपश्चिम राजमार्ग जोड्ने कुलुवापुर-बेलौरी, सुखड-भजनी, जोशिपुर-बौनिया लगाएतका सडक निर्माण गर्न ११ करोड ४५ लाख बजेट विनियोजन गरिएको आर्थिक मन्त्री रावलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्