सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएका थिए । पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ ।
छिमेकी भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताए । सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो । भातरबाट फर्किनेमा यो रोगको सङ्क्रमण देखिन थालेको बताइएको छ ।गौरिफन्टा सीमा नाकामा खटिएका डम्मर खातीले आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताए । उनले भने, भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उहाँहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन ।’’ मङ्गलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५१६ जना स्वदेश भित्रिएका थिए ।
कोरोनाको समस्या देखिएता हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट दुई लाख २१ हजार ६३५ र एन्टिजेन पद्दतिबाट तीन लाख २५ हजार १५७ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये पिसिआर तर्फ ४२ हजार १७८ र एन्टिजेन तर्फ १७ हजार ४९२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापनपछि घर गएका छन् । अहिलेसम्म कोरोनाबाट सङ्क्रमित ६३३ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसविरुद्धको खोप लागाउने दर बढ्दै गएको छ । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । बालबालिकालाई खोप दिने तयारी भइरहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्