- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा ६४ लाखको लगानिमा वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले धनगढी ४ उत्तरबेहडीमा रहेको उक्त स्टोरको उद्धघाटन गरेकी हुन् ।
मार्टको उद्धघाटन गर्दै उपप्रमुख रानाले कोल्ड स्टोर सहितको मिट मार्ट धनगढीको आवश्यकता रहेको बताएकी छिन् । जसले मासुजन्य पदार्थको अभावका कारण सृजना हुने अत्याधिक मुल्य वृद्धीको समस्यालाई समाधान गर्ने रानाको भनाई छ । ‘उपमहानगरपालिका धनगढीको व्यवसायिक समृद्धिको पक्षमा छ’, उनले भनिन्, ‘सकरात्मक परिवर्तनको साथमा हामी सँधै छौँ ।’
यता वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोरका सञ्चालक पारस बाहुनले अफ सिजनमा धनगढीमा देखिने मासुजन्य पदार्थको अभावलाई स्टोरले सम्बोधन गर्ने बताएका छन् । ‘अहिले धनगढीमा बजारभरी अव्यवस्थित मासु पसलले फोहोरमैलाको समस्यालाई बढावा दिएका छन्’, उनले भने, ‘स्वस्थकर जिवन र अभावका बेलामा हुने मुल्य वृद्धीलाई निरुत्साहित गर्न स्टोर सञ्चालनमा ल्याएको हुँ ।’
बाहुनले सञ्चालनमा ल्याएको वेस्टर्न मिट मार्ट एण्ड कोल्ड स्टोरको कुल लागत ६४ लाख रहेको छ । जसमध्ये धनगढी उपमहानगरपालिकाको २८ लाख ५० हजार अनुदान रहको बाहुनले बताए । ‘धनगढीमा मासुजन्य पदार्थको स्टोर र स्थानिय उत्पादनलाई प्रोत्साहन दिन यस्ता कोल्ड सेन्टर निर्माण गरिनुपर्छ’, उनले भने, ‘यसले स्थानिय क्षेत्रको मात्रै नभएर बाह्य जिल्लाहरुको व्यापारमा पनि सहज हुन्छ र हाम्रो उद्धेश्य पनि यहाँको उत्पादनलाई आवश्यकता अनुसार अन्यत्र पठाउनु पनि हो ।’
अहिले उक्त स्टोरको क्षमता ९ हजार किलोको रहेको छ । तर आगामी वर्षमा उक्त क्षमतालाई बढाई कम्तिमा २० हजार किलो मासु स्टोर गर्न सकिने गरी संरचना निर्माण गर्ने सञ्चालक बाहुनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्