×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सहकारीकर्मी तिमल्सिना पक्राउ, ५ दिनको म्याद थप गरि अनुसन्धान गरिदै

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा सहकारीकर्मी पक्राउ परेका छन् । ललितपुको साविक ईकुडोल गाविस हाल ललितपुर महानगरपालिका–१३ कुसुन्तीका ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने तिमल्सिनालाइ ब्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । तिमल्सिना ललितपुर स्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । रजिष्ट्रेसन नं. १४९१५८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेका तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिवि दर्ता नं. १४९१५(८९, पाटन मल्पिटपल क्याम्पसको ब्यचलर डिग्री इन ह्युम्यनिटिज एण्ड सोसियल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेको प्रहरीको भनाइ छ ।

चैत २२ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट तिमल्सिना कार्यकारी समितिको विशेषज्ञ पदमा मनोनित भएका थिए । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको उजुरी सीआईबी परेलगत्तै तिमल्सिनाले बोर्ड सदस्यबाट राजिनामा दिएका थिए ।  उनलाई मंगलबार ललितपुरको थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: