काठमाडौँ । धितोपत्र बोर्डको सम्बोधनपछि सेयर लगानीकर्ताहरु थप आक्रोशित बनेका छन् । बोर्डको सम्बोधनले आफ्नो आन्दोलनलाई खास सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरु थप आक्रोशित बनेका हुन् । एक जना सेयर लगानीकर्ता ७-७ दिनसम्म भोको बस्दा पनि धितोपत्र बोर्ड यसतर्फ सिरियस नभएको लगानीकर्ताको आरोप छ । बोर्डका अध्यक्ष हमालले आफुले सबै माग पूरा गर्न नसक्ने बताएपछि लगानीकर्ताहरु आक्रोशित बनेका हुन् ।
धितोपत्र बोर्डको सम्बोधनपछि ‘फायर’ भएका लगानीकर्ताहरुलाई आन्दोलनका केहि अगुवाहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहण कार्कीले आफुले रुँदै बोर्डका अध्यक्षलाई तिलक कोइरालाको ज्यान बचाईदिन भन्दै फोन गरेको तर उनले नसुनेको आरोप लगाएका छन् । लगानीकर्ताहरु आफ्ना मागहरुप्रतिको अडानमै रहेको बताउंदै उनले बोर्डको सम्बोधन, समस्याको समाधान नभएको बताएका थिए ।
त्यस्तै अर्का अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले बोर्डका अध्यक्षको सम्बोधनमा आन्दोलन कमजोर बनाउने षड्यन्त्र मात्र देखिएको आरोप लगाएका छन् । ‘अध्यक्षज्यूले ३ महिनाभित्र लगानीकर्ताका मागहरु पूरा गर्ने भन्नुभएको छ । पूरा गर्ने नै भए किन ३ महिना कुर्नुपर्यो ?’ उनले प्रतिप्रश्न गरेका छन् । बोर्ड अध्यक्षको सम्बोधन अहिले बिरामी भएर मर्न लागेको बिरामीको उपचार गर्न छाडेर केहि महिनापछि औषधि बन्छ भनेर आश्वासन दिनुजस्तै भएको अग्रवालको भनाई थियो ।
यस्तै लगानीकर्ताले सुरु गरेको आन्दोलनमा सक्रिय रहेका लगानीकर्ता एसपी चौलागाईंले अव शान्तिपूर्ण धर्नाले काम नगरेकाले आफुहरु अराजक बन्नुपर्ने अवस्था आएको बताएका छन् । ‘देश नै यस्तै रहेछ । अव हामी पनि अराजक बन्नुपर्ने स्थिति आएको छ।’ उनले भने ।
यता अनशनमा बसेका सेयर लगानीकर्ता तिलक कोइरालाले लगानीकर्ताको शक्तिलाई खेलाची नसम्झन आग्रह गरेका छन्। जनताको शक्ति के हुन्छ भन्ने कुराको उदाहरण श्रीलंकाबाट पाठ सिक्नलाई आग्रहगर्दै उनले श्रीलंकामा जनताले नेताहरुलाई घर घरबाट थुतेर भौतिक कारबाही गरे झैं नेपालमा पनि अवस्था त्यस्तै हुन सक्ने चेतावनीसमेत दिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्