×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा सूचना केन्द्रले राख्यो चार सहकारी संस्थालाई कालोसूचिमा, यस्तो छ कारण !

PRIME CA

कर्जा सूचना केन्द्रले राख्यो चार सहकारी संस्थालाई कालोसूचिमा, यस्तो छ कारण !

अर्थ सरोकार

प्रकाशित मिति : १२ असार २०७९, आईतवार

काठमाडौं । कर्जा सूचना केन्द्रले चार वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । केन्द्रले राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण थप चार वटा सहकारी संस्थाहरु कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार केन्द्रले नौ दिनमै चार वटा सहकारी संस्थालाई कालोसूचीमा राखेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्दछ ।  कर्जा सूचना केन्द्रले धादिङ स्थित तिरिमिरी बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचिमा राखेको छ । त्यस संस्था संग सम्बन्धीत व्यक्तीहरुमा अञ्जु श्रेष्ठ, इन्दिरा बस्नेत, केशव अधिकारी, लोकनाथ दल्लकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरि स्मृति बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचिमा राखेको छ ।

यस संस्था सँग सम्बन्धीत व्यक्तीहरुमा विष्णु शर्मा र देबेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै सरसपाट बचत तथा ऋण सहकारी र नवराजधानी सहकारी संस्था पनि कालो सूचिमा परेको छ । सरसपाट सँग सम्बन्धीत व्यक्तीहरुमा गोपाल प्रसाद धमला, जानकी श्रेष्ठ, पद्म महर्जन, संगीता कार्की, शेरबहादुर मगर र सीताराम कार्की रहेका छन् ।

सारांश
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: