×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिला साना किसान कृषि सहकारीको ३५ लाख हिनामिना, ताकेतापछि संस्थाका प्रबन्धक ओली फरार

सल्यान । महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त ओलीले संस्थाको ३५ लाख रुपैयाँ हिनामिना गरेका छन् । दार्मा गाउँपालिका–४, रातामाटा स्थित भल्चौर महिला साना किसान कृषि सहकारीको रकम दुरुपयोग गरेको थाहा पाएपछि छानबिन गर्दा प्रबन्धक ओलीले ३५ लाख रुपैयाँ दुरुपयोग गरेको खुलेको हो ।

सहकारीकी अध्यक्ष हरिकला मल्लको अनुसार प्रबन्धक ओलीले सदस्यलाई ऋण लगानी गरेको नक्कली कागज बनाएर रकम दुरुपयोग गरेकोले जानकारी दिए । दुरुपयोग गरेको रकम फिर्ता गर्न सहकारी संस्थाले ताकेता गरेपछि उनी फरार भएका हुन् ।  सहकारीको रकम दुरुपयोग गरेको खुलेपछि ओलीविरुद्ध इलाका प्रहरी कार्यालय फारुलामा संस्थाले उजुरी समेत गरेको छ ।

प्रबन्धकका कारण आफूहरु समस्यामा परेको भन्दै सहकारीमा आबद्ध रहेका सदस्यहरुले समेत ओलीलाई कारबाहीको माग राखेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: