×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रज्ञान सहकारीमा बचतकर्ताको ५ करोड भन्दाबढी रकम हिनामिना, अध्यक्षसहित तीन जना नियन्त्रणमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रज्ञान सहकारीमा बचतकर्ताको ५ करोड भन्दाबढी रकम हिनामिना, अध्यक्षसहित तीन जना नियन्त्रणमा

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा संस्थाका अध्यक्ष सहित तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन सहित तीन जनालाई अनुसन्धान गरिरहेको हो ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका १७ मा रहेको सो सहकारीले बचतकर्ताबाट उठाएको रकम अध्यक्ष लगायतले प्रयोग गरेको उजुरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । एक साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले अनुसन्धानको क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको थियो । सहकारीले बचतकर्ताको १५ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको अनुसन्धानमा खुलेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाले अन्य विवरण आधिकारी रुपमा सार्वजनिक भने गरेको छैन । सहकारी हिनामिना भएपछि सहकारी विभाग र चन्द्रागिरि नगरपालिकाले पनि यसको अनुसन्धान गरेको थियो । तर नगरपालिका र विभागबाट अनुसन्धान नटुङ्गिएपछि प्रहरीमा पुगेको हो । उनीहरू विरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: