काठमाडौं । पुराना साझा सहकारी संस्थाको सम्पत्ति तथा दायित्व एकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पुराना साझा सहकारी संस्थामा आवद्ध रहेका सदस्यले संस्थासँग विस २०४९ जेठ २ गते अगावै गरेको ऋण एकिन तथा घरजग्गा फुकुवा गर्ने निर्णय गरेको हो ।
सहकारी विभागले पुरानो ऋण तथा रोक्का रहेको घररजग्गाको विवरण पठाउन पनि पत्राचार समेत गरेको छ । विभागले असार १५ गते सूचना जारी गर्दै सहकारीका सदस्यले साझा सहकारी संस्थालाई हालसम्म तिर्न बुझाउन बाँकी रहेको साँवा, व्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्वको रकम, साझा सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण पठाउन पत्राचार गरेको हो ।
विभागले साझा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण पनि पठाउन पत्राचार गरेको हो । विभागले प्रदेश सहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रारको कार्यालय तथा सबै स्थानीय तहहरु र राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ एवं जिल्ला सहकारी संघहरुले समेत यसै सूचनालाई आधार मानी विवरण भर्ने भराउने कार्यमा सहजिकरण गरिदिन पनि आग्रह गरुेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्