×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरको गोबरैयामा लुटेराद्धारा दिउँसै लुटपाट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कञ्चनपुरको गोबरैयामा लुटेराद्धारा दिउँसै लुटपाट

Artha Sarokar

३० असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु. एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी