×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा गाईलाई ठक्कर दिँदा एकजनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा गाईलाई ठक्कर दिँदा एकजनाको मृत्यु

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी