×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभावको सङ्केत, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराका कारण सवारी साधन सञ्चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको होे ।

जिल्लाको ढोल्यामोड– हाट, पाटन– पञ्चेश्वर, दुदिलाखान–गाँजरी, सिल्लेगडा–कटौजपानी, देहीमाण्डौँ–गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ । यस्तै सिल्लेगडा–कटौजपानी, सतबाँझ–सुर्नया, अनारखोली–कैलपाल, सदरमुकाम–सेरा, खोचलेक–सित्तड, रिमलगायत सडकमा सवारीसाधन चलाउन निकै समस्या छ । ग्रामीण सडक सुधार हुन नसक्दा वर्षात्को समयमा जोखिम मोलेर पनि यात्रा गर्नुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिका– ८ का लोकेश विष्टले बताए । उनले भने,“नियमितरुपमा गाडी सञ्चालन हुदैनन्, यसले ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ ।”

यस्तै पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक हिलाम्ये हुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । ढोल्यामोडदेखि हाटसम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा जीप तथा बस सञ्चालनमा समस्या भएको स्थानीय लालबहादुर भण्डारीले बताए । उनले भने,“सडक हिलाम्ये हुँदा गाडी फस्ने र यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था छ यसले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।”

ढोल्यामोड–हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । जिल्लाको सतबाँझ–श्रीभावर–हाट सडकलाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखिए पनि स्तरोन्नति सुस्तगतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ ।

सडकभर पहिरो, हिलो र खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन पनि समस्या भएको सम्बद्ध चालकले बताए । कच्ची सडकमा ठूलाठूला खाल्डाखुल्डी र ठाउँ ठाउँमा पहिरो जाने गरेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको जीप चालक वीरेन्द्र महताले बताए । वर्षात्को समयमा ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको हो । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी