Skip to content
LAXMI SUNRISE BANK

झर्ना खोलामा ट्रष्ट पुल निर्माण, जोखिम मोल्दै खोला तर्नुपर्ने बाध्यताको अन्त्य

अर्थ सरोकार

कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।

यसका लागि हेल्भीटासले रु. २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस) ले गरेको छ । समाजका प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए ।

उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ । यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन् । वर्षात्का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो । –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK