टीकापुर । कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ । सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए । जनरल सर्जन डा. नवीनचन्द्र भट्टले अस्पतालमा हालै आफ्नो सेवा सुरु गरेका हुन् । यसअघि वीर अस्पताल काठमाडौँमा कार्यरत डा. भट्ट सरुवा भई टीकापुर अस्पताल आएका हुन् । उनले अब अस्पतालबाट जनरल एण्ड जीआई सर्जरीको सबै सेवा थालनी हुने जानकारी दिए । “हाइड्रोशील, हर्निया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएकोलगायत समस्याको शल्यक्रिया यही हुन्छ”, उनले भने, “केही दिनमै ‘मेसिन’ आएपछि ल्याप्रोस्कोपीको माध्यमबाट पनि शल्यक्रिया सुरु गर्छौँ ।”
उनका अनुसार यो शल्यक्रिया भनेको चिरफार नगरी मेसिनद्धारा सानो प्वाल पारी गरिने शल्यक्रिया हो । डा. भट्ट आएसँगै अस्पतालमा अब आठ विशेषज्ञ चिकित्सक भएका छन् । नौ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई सरकारी दरबन्दी र बाँकी छ जना स्थानीय तह तथा अन्य क्षेत्रबाट सुविधा प्राप्त गर्नेगरी काम गरिरहेका छन् ।
अस्पतालमा जनरल सर्जन, अर्थो, बालरोग, स्त्री तथा प्रसूति, एनेष्थेसिया र एमडिजीपी सेवा उपलब्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीेले जानकारी दिए । यसपछि अस्पतालको गुरुयोजना बनाई अहिले ५१ शय्या रहेको अस्पताल स्तरोन्नति गरी ५१ शय्या थप्ने तयारी भइरहेको पनि उनले बताए । “हामी अस्पताल विकाससँगसँगै अस्पतालमा थप सेवा कसरी विस्तार गर्ने भनी क्रियाशील छौँ, अस्पतालको स्तरोन्नतिसँगै गुरुयोजना निर्माण गर्ने तयारी छ”, उनले भने, “अस्पतालमा भएका भवन, उपकरण पनि सदुपयोग गर्ने गरी काम गर्दैछौँ ।”
अस्पतालमा दैनिक ५०० सम्म बिरामीले उपचार सेवा लिने गरेका छन् । यहाँ कैलाली जिल्लाको टीकापुर, लम्की, भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपालिकासहित बर्दिया जिल्लाको राजापुरका मानिस पनि उपचार सेवा लिन आउने गरेका छन् । यहाँ स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू भएकाले सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । यहाँका पालिकाका नागरिकले सेवा पाउने भएकाले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा विस्तारका लागि टीकापुर , भजनी नगरपालिका र जानकी गाउँपालिकाले सघाउँदै आएका छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्