- अर्थ सरोकार सम्बाददाता
कैलाली । धनगढीमा सहज स्वास्थ्य पहुँचका लागि विशेषज्ञ वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेवाको शुभारम्भ गरेका हुन ।
नागरिकको सहजता र सहज स्वास्थ्य पहुँचलाई ध्यानमा राख्दै सेवा सञ्चालन भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । ‘स्वास्थ्य क्षेत्रलाई मुख्य ध्यानमा राख्दै प्रदेश सरकारले पछिल्लो समय स्वास्थ्यमा लगानी पनि बढाएको छ’, मुख्यमन्त्री भट्टले भने, ‘अव गाउँगाउँमा विशेषज्ञ सेवा क्लिनिक पुगेपछि नागरिकलाई झनै सहज हुन्छ भन्नेमा विश्वास लिएका छौँ ।’
त्यस्तै धनगढीमा सुरु भएको विशेषज्ञ सेवा क्लिनिक प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने नगरप्रमुख गोपाल हमालले बताएका छन् । उनले नगरप्रमुखका लागि भने उपलब्ध गराइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरिसकेको बताए ।
त्यस्तै उपप्रमुख कन्दकला कुमारी रानाले पनि धनगढीका वडा वडामा विशेषज्ञ सेवा क्लिनिक संचालन हुनु नगरबासीका लागि खुसीको कुरा भएको बताएकी छिन् । कार्यक्रममा बोल्दै उपप्रमुख रानाले अव चिकित्सकीय सेवाका लागि गाउँ बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताएकी छिन् । ‘अव वडा वडामा प्रत्येक महिना विशेषज्ञ सेवा क्लिनिक संचालन हुन्छ’, उनले भनिन्, ‘उपमहानगरपालिका सदैब नगरबासीको स्वास्थ्य प्रति गम्भिर हुनेछ ।’ त्यस्तै आगामी दिनमा पनि स्वास्थ्यका क्षेत्रमा आवश्यकताका आधारमा बृहत योजना तर्जुमा गरी काम गर्ने समेत रानाले बताएकी छिन् ।
यस्तै धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ । उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्