कञ्चनपुर । रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’ (मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान परेकी छिन् । गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उनीलाई ‘स्पाइनल इन्जुरी’ भएको हो । परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि उनी ठीक हुन सकेकी छैन् । ‘काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पुर्याए पनि ठीक हुन सकेको छैन’, मनोरीका श्रीमान् नरेन्द्रले भने, ‘विस्तारमै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ ।’ मासिकरुपमा रु. २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।
‘भारतमा काम गर्थे घरको खर्च चल्थ्यो’, नरेन्द्रले भने, ‘श्रीमती रुखबाट लडेर थला परेपछि घर खर्चसँगै उपचार खर्च चलाउन निकै धौधौ भएको छ ।’ हालसम्म उपचारमा रु. २५ लाख बढी खर्च भएको र त्यसमध्ये रु. १२ लाख कर्जा लिएर उपचार गरिएको उनले बताए । भएको सबै रकम उपचारमा खर्च भइसकेपछि साउद परिवार औषधीका रकम जुटाउन सक्ने अवस्थामा छैन । ‘एकातर्फ छोराछोरीको पढाइ खर्च चलाउनुपर्ने अस्था छ’, नरेन्द्रले भने, ‘अर्कोतर्फ ओछ्यान परेकी श्रीमतीको उपचार खर्च जुटाउनुपर्ने आपद् आइलागेको छ ।’ कर्जा पाउने सबै ठाउबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उनले दुःखेसो पोखे । श्रीमतीको थप उपचारका लागि उनले दातृ निकायसँग आग्रह गरेका छन् । वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान परेकी मनोरीको उपचारका लागि व्यक्तिगतरुपमा रु. १० हजार सहयोग गरेको बताए ।
‘साउद परिवारको अवस्था निकै दयनीय भएकाले ज्यान जोगाउनका लागि भएपनि उपचारमा सहयोग गर्नका लागि सङ्घ, संस्था, सरकारी निकाय, दाता र दातृ निकायसँग आग्रह गर्छु’, उनले भने । ‘स्पाइनल इन्जुरी भएकालाई सरकारले मासिकरुपमा रु. पाँच हजार दिने व्यवस्था गरिएको छ’, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “यसका लागि आवश्यक कागजात पेश गरे पाउने रकमका लागि हाम्रा तर्फबाट हुने सहयोगका लागि तत्पर छौँ । औषधिका लागि यसबाट पैसाको व्यवस्था मिलाउन सकिन्छ ।” नगर उपप्रमुख कल्पना पन्तको पहलमा स्पाइनल इन्जुरी भएकी साउदलाई ‘एयर म्याट्रेस’ उपलब्ध गराइएको छ । ओछयानमा रहदा हुने घाउ (वेड स्वर) नहोस् भन्नका लागि सुदूरपश्चिम सरकार मातहत रहेको औषधि आपूर्ति शाखाबाट एयर म्याट्रेस ल्याएर पीडित महिलाको घरमै पुगेर उपलब्ध गराइएको नगर उपप्रमुख पन्तले बताए । नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्