×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग

Artha Sarokar

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ । विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा गरी ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ”, नगर प्रमुख पदम बोगटीले भने, “विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउन सम्बन्धित पक्षसँग सहजीकरणका लागि अगाडि बढाइरहेका छौँ ।”

उक्त जग्गा विमानस्थलका नाममा रहनेगरी आवश्यक सहयोग र सहजीकरणका लागि संस्कृृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत ध्यानाकृष्ट गरिएको उनले बताए । वि.सं २०३६ देखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्धन्द्धका बेला सुरक्षाका कारण देखाउँदै वि.सं २०५६ देखि बन्द रहेको छ । पश्चिमी प्रवेशद्धार भारतको राजधानी नयाँ दिल्लीबाट ३०० किलोमिटरको दुरी र भारतको औद्योगिक नगर रुद्रपुरबाट १५० किलोमिटरको दुरीमा विमानस्थल पर्दछ । विमानस्थल निर्माण भएमा भारतीय पर्यटकलाई तान्न सकिने नगर प्रमुख बोगटीको भनाइ छ ।

यसअघि विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच त्रिपक्षीय सम्झौता गरिएको थियो । मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरिएको थियो ।

विमानस्थल निर्माणका लागि कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग तीन वर्षमा विमानस्थलको निर्माणका कार्य पूरा गर्नका लागि रु. ४५ करोड ६६ लाख ७१५ मा ठेक्का सम्झौता भई कार्य अगाडि बढाइएको छ । हाल विमानस्थलमा रहेको एक हजार मिटर र राष्ट्रिय निकुञ्जसँगैको रत्न बाटिका र नेपाली सेनाको खेल मैदान रहेको ६६२ मिटर गरी एक हजार ६६२ मिटरमा धावनमार्ग निर्माण गरिने योजना रहेको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी