×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्भरमा समस्या आएका कारण बन्द विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्भरमा समस्या आएका कारण बन्द विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा

Artha Sarokar

२४ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो । हालसम्म करिब ४०० जनाले उक्त सेवा लिएका छन् । एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरू गरिएको थियो । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी