- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । रानाथारु समुदायका महिलाहरुले मनाउने सांस्कृतिक पर्व ‘तिज’को अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको उपमहानगरपालिकाको कार्यकपालिकाको बैठकले रानाथारु समुदायलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरेक वर्षको साउन १५ गते रानाथारु समुदायका महिलाहरुले परम्परागत रुपमा ‘तिज’ पर्व मनाउँदै आएका छन् । कैलाली–कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारु समुदायका महिलाहरुले मनाउँदै आएको ‘तिज’ पर्वको अवसरमा अहिलेसम्म कुनैपनि तहबाट सार्वजनिक बिदा दिने नगरेको नेपाल रानाथारु समाजको केन्द्रिय कार्य समिति कैलाली–कञ्चनपुरका उपाध्यक्ष कमल सिंह रानाले बताए । ‘रानाथारु समुदायका महिलाहरुले मात्रै मनाउने यो पर्वको संरक्षण सम्बद्र्धनका लागि अहिलेसम्म कसैको ध्यान गएको छैन’, उपाध्यक्ष रानाले भने, ‘अन्य समुदायको चाडपर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको अवस्थामा यो पर्व भने हालसम्म सरकारबाटै उपेक्षित हुँदै आएको थियो। तर यसवर्षदेखि धनगढी उपमहानगरपालिकाले गरेको सार्वजनिक बिदा दिने निर्णय स्वागतयोग्य छ ।’
पर्वको शुभकामना दिँदै धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले रानासमुदायको संरक्षण र सम्बद्र्धनमा स्थानीय तह गम्भिर रहेका बताएकी छिन् । धनगढी उपमहानगरपालिकाले आइतबार एक पत्र जारी गर्दै साउन १५ गते रानाथारु समुदायमा मनाईने ‘तिज’को अवसरमा पालिकभरी स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्